SHARE
बुटवल टुडे · मङगलबार २५ कात्िक २०८२ १२:३१ AM · 1 मिनेट पढाइ

दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते

काठमाडौँ । भारतको दिल्लीस्थित लालकिल्लानजिकै सोमबार साँझ ६:५२ बजे एउटा गुडिरहेको कारमा शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यसले नजिकैका सवारीसाधनहरूलाई चकनाचुर पारिदियो। घटनामा ९ जनाको मृत्यु भयो भने २४ जना घाइते भएका छन्।