SHARE
बुटवल टुडे · मङगलबार २५ कात्िक २०८२ ०९:०१ AM · 1 मिनेट पढाइ

स्थानीय तहका १२ प्रमुख प्रशासकीय अधिकृत सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुसार १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका र लेटाङ नगरपालिका रहेका छन् । उपसचिवकै दरबन्दी रहेको भीमेश्वर नगरपालिका, मलंगवा नगरपालिका र जिल्ला समन्वय समिति खोटाङमा जिल्ला समन्वय अधिकृतको सरुवा पनि गरिएको छ ।