सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद
तौलिहवा, २५ कात्तिक । मंगलबार बिहान कपिलवस्तुको यशोधरा गाउँपालिका–७ स्थित सिमा क्षेत्रबाट दुई सय १८ बोरा भारतीय युरिया मल बरामद गरिएको छ । रातभर भारतबाट ढुवानी गरी नेपालतर्फ रहेको बगैचामा राखिएको अवस्थामा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बिओपी डंगरीको संयुक्त टोलीले उक्त मल बरामद गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
