SHARE
बुटवल टुडे · बिहीबार २० कात्िक २०८२ ०९:३८ AM · 1 मिनेट पढाइ

जेनजी अगुवालाई बाबुराम भट्टराईले भने : राजनीतिमा ख्याल गर्नू, हात्तीसँग लड्नुपर्दा गाह्रो हुन्छ

 काठमाडौं, २० कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले नयाँ पुस्ताका राजनीतिक अगुवाहरूलाई राजनीति गर्दा धेरै कुरामा ख्याल गर्न सुझाव दिएका छन् । राजनीतिक संवाद समितिले बिहीबार काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी सभाहलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।