युवा संघले बालेन्द्र शाहविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गर्यो
काठमाडौं, २० कात्तिक । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ । युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् । बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो । साइबर ब्यूरोका स्रोतका अनुसार बालेनविरुद्ध उजुरी परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
