SHARE
बुटवल टुडे · बिहीबार २० कात्िक २०८२ ०१:२३ PM · 1 मिनेट पढाइ

टिकट बाँडफाँडमा लडाइँ होइन, रुपान्तरणमा ध्यान दिनुपर्छ: विनोद चौधरी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीभित्र टिकट बाँडफाँडलाई लिएर चलिरहेको विवादप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा उनले आगामी निर्वाचनमा कसले टिकट बाँड्ने भन्ने विषयमा पार्टीभित्रै संघर्ष देखिनु दुःखद भएको टिप्पणी गरे।