SHARE
बुटवल टुडे · बिहीबार २० कात्िक २०८२ ०१:३२ PM · 1 मिनेट पढाइ

कांग्रेस बैठकमा तीव्र बहस: ‘फागुनमा चुनाव नभए देश संकटमा’, जेनजीविरुद्ध प्रतिकार गर्नुपर्ने आवाज

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बिहीबार सदस्यहरूले चुनाव, महाधिवेशन र नयाँ पुस्ताको भूमिकाबारे तीव्र बहस गरेका छन्। बैठकमा फागुन २१ गते निर्वाचन नहुँदा देश नै संकटमा पर्ने चेतावनीदेखि ‘जेनजी’ पुस्ताविरुद्ध प्रतिकार गर्नुपर्ने धारणा सम्मका विषयहरू उठेका थिए। केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने, “फागुन २१ गते निर्वाचन नभए देश नै विघटन हुन्छ।