SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ १२:३० AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा आयोग र प्रहरीबीचको खटपट उत्कर्षमा

 काठमाडौँ । जेनजी आन्दोलनका घटनाहरू छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोग र नेपाल प्रहरीबीचको सम्बन्ध हाल निकै तिक्त बनेको छ। आयोगले प्रहरीलाई असहयोग गरेको आरोप लगाउँदै २४ घण्टे स्पष्टीकरण सोधेसँगै दुवै पक्षबीचको खटपट खुला रूपमा देखिएको हो। बुधबार आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई असहयोग गरेको भन्दै स्पष्टीकरण मागेको थियो।