SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ १२:४२ AM · 1 मिनेट पढाइ

सीमा क्षेत्रमा तस्करीको राज: भन्सार र प्रहरी मिलेकै हुन् ?

नवलपरासी, २१ कार्तिक ।  जिल्लास्थित महेशपुर भन्सारमा राजस्व उठ्नमा कमी हुँदा लक्ष्य भेटाउन नसक्ने देखिएको छ । गत वर्ष लक्ष्यसम्म भेटाउँदै राजस्व उठाउँदै आएको महेशपुर भन्सारलाई अहिले लक्ष्य अनुसारको राजस्व उठाउन मुस्किल पर्ने अनुमान गरिएको हो । भन्सार भन्दा तस्करी मौलाउँदै जाँदा भन्सार राजस्व घट्दै जाने गरेको स्थानीयको आरोप छ ।