SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ १२:४६ AM · 1 मिनेट पढाइ

अवैध रूपमा ल्याइएका ३१ थान आइफोन प्रहरीको नियन्त्रणमा

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलले अबैध रूपमा नेपाल भित्र्याइँदै गरेका ३१ थान आइफोन बरामद गरेको छ। प्रहरीका अनुसार गए राति साढे ९ बजेतिर रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनमा बेवारिसे अवस्थामा झोला फेला परेको थियो। खोजतलास गर्दा सो झोलाभित्र विभिन्न मोडेलका ३१ थान आइफोन फेला परेको प्रहरीले जनाएको छ।