अवैध आइफोन प्रहरीको नियन्त्रणमा
बुटवल, २१ कार्तिक । इलाका प्रहरी कार्यालय बुटवलले अबैध रूपमा ल्याउँदै गरेको ३१ थान आईफोन बरामद गरेको छ । प्रहरीका अनुसार गए राती साढे ९ बजेको समयमा जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका १५ सखुवानि स्थित सिद्धार्थ राजमार्गको सर्भिस लाइनमा बेवारिसे अवस्थामा झोला फेला पारी खोजतलास गर्दा ३१ थान विभिन्न मोडेलका आईफोनहरू फेला पारेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
