SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०४:३६ AM · 1 मिनेट पढाइ

हङकङ सिक्सेसको पहिलो खेलमा नेपालको हार

काठमान्डौ, २१ कार्तिक । हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । शुक्रबार हङकङको मिसन रोड ग्राउन्डमा सम्पन्न खेलमा नेपाल १७ रनले पराजित भयो । अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो ।