SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०४:४६ AM · 1 मिनेट पढाइ

प्रचण्डको लगानी रहेको हल्ला चलाएर रिसोर्ट आगजनी गर्ने ५ जना पक्राउ

काठमान्डौ, २१ कार्तिक । जेन–जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा तोडफोड र आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ घारीपाटनका २९ वर्षीय रुपक नेपाली, पोखरा–१८ का ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ रहेका छन् ।