SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०५:२९ AM · 1 मिनेट पढाइ

प्रहरी हिरासतभित्र थुनुवाको मृत्यु

सुर्खेत,२१ कार्तिक । सुर्खेतमा शुक्रवार बिहान एक थुनुवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा लागु औषध कारोबार मुद्दामा थुनामा रहेका थुनुवाको मृत्यु भएको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर– ११, पिपिराका ३५ वर्षीय गंगे सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढा थापाले जानकारी दिए ।