SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०६:२२ AM · 1 मिनेट पढाइ

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमान्डौ, २१ कार्तिक । स्वास्थ्य सेवा विभागले आज पनि ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइरहेको छ । यो कार्य राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको हो । कार्यक्रमको अर्को चरण आगामी वैशाख ६ र ७ गते सञ्चालन हुने छ ।