SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०६:५६ AM · 1 मिनेट पढाइ

पुसको तेस्रो साता महाधिवेशन गर्नुपर्ने शेखर कोइरालाको प्रस्ताव

काठमान्डौ, २१ कार्तिक । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनअघि पार्टीको नेतृत्व नियमित महाधिवेशनमार्फत् परिवर्तन हुनुपर्ने विचार व्यक्त गरेका छन् । शुक्रबार बिहान विशाल नगरस्थित आफ्नै सम्पर्क कार्यालयमा उपत्यकाका आफूनिकट जिल्ला सभापतिहरूसँगको छलफलमा कोइरालाले यस्तो प्रस्ताव राखेका हुन् । उनले समानुपातिकतर्फको बन्दसूची पुसको २५ गते बुझाइसकेपछि महाधिवेशन गर्न सकिने सम्भावना औँल्याए ।