अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
काठमान्डौ, २१ कार्तिक । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको छ । यो विधेयक अर्थ मन्त्रालयअन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् । यो विधेयक प्रतिनिधिसभा विघटन हुनु अघि छलफलमा रहेको थियो, तर प्रतिनिधिसभा विघटनसँगै निष्क्रिय भएको थियो । आवश्यक परिमार्जनसहित सरकारले पुनः राष्ट्रिय सभामा विधेयक दर्ता गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
