SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०८:२५ AM · 1 मिनेट पढाइ

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमान्डौ, २१ कार्तिक । एक महिनाभन्दा लामो विदेश भ्रमणपछि नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । टोलीलाई खेलकुद मन्त्री बब्लु गुप्ता, क्यान सचिव पारस खड्का लगायतले स्वागत गरेका थिए । नेपाली टोली असोजको दोस्रो साता युएई पुगेको थियो । त्यहाँ वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेलेको थियो ।