SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०९:३६ AM · 1 मिनेट पढाइ

निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा

काठमाडौँ, २१ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन अनिवार्य भएको जनाएको छ । चितवनको सौराहामा शुक्रबारदेखि सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनको आवश्यकता र सरकारको जिम्मेवारीबारे जोड दिइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘दलीय व्यवस्थामा विशेष परिस्थितिका कारण गैर-दलीय सरकार बनेको छ ।