SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०९:५४ AM · 1 मिनेट पढाइ

ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ?

काठमाडौँ, २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई फेद न टुप्पो केही नभएको सरकारको संज्ञा दिएका छन् । शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा अध्यक्ष ओलीले जनेजी आन्दोलनको समेत आधार नभएको बताए । उनले अहिलेको परिवर्तनलाई राजतन्त्रसँग तुलना गर्दै यस्तो टिप्पणी गरेका हुन् ।