SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ १०:२९ AM · 1 मिनेट पढाइ

काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । केन्द्रीय सदस्य मधु आचार्यले छोटो समयमा अधिवेशन सम्पन्न गर्न सक्ने गरी विशेष महाधिवेशनको मितिको प्रस्ताव बैठकमा पेश गरेका हुन् ।