SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ १२:४९ PM · 1 मिनेट पढाइ

नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’

पाल्पा, २१ कात्तिक । पाल्पाको तानसेन नगरपालिका–११, बन्दीपोखरास्थित जोगीपानी कुवा अहिले स्थानीय र बाहिरका भक्तजनहरूको आस्थाको केन्द्र बनेको छ। धार्मिक विश्वास अनुसार, यहाँको पानी खुवाएपछि नबोल्ने बच्चाहरूको बोली फुट्ने गर्छ। यो चमत्कारिक विश्वासले गर्दा दैनिक रूपमा टाढाटाढाबाट अभिभावकहरू आफ्ना सन्तान लिएर यहाँ आइपुग्ने गरेका छन्। गुल्मीको विरवासकी मालती खनाल पनि तीमध्ये एक हुन्।