SHARE
बुटवल टुडे · शनिबार २२ कात्िक २०८२ १२:१८ AM · 1 मिनेट पढाइ

१६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र

जितपुर, कार्तिक २१ । आगामी मंसिर १८ गतेदेखि सुरु हुने १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को तयारी तीव्र गतिमा भइरहेको आयोजक समितिले जनाएको छ। वाणगंगा नगरपालिका–४, बुद्धरंगशाला, जितपुरमा आयोजना हुने उक्त महोत्सवबारे जानकारी दिन शुक्रबार एक पत्रकार सम्मेलन गरिएको थियो।