SHARE
बुटवल टुडे · शनिबार २२ कात्िक २०८२ १२:४७ AM · 1 मिनेट पढाइ

ओ ! जङ्गल

म जन्मिएको समयमा मेरो घर वरिपरी भर्खरै जंगल फाँडेर खेतीपाती गर्न थालिएको थियो रे । तर, मेरो स्मृतिमा भने घर वरिपरि जंगलका अवशेष आउदैनन् । घरबाट १०० मिटर उत्तरमा दिपनगर कुलो पारि भने ठुलाठुला रुखहरु थिए । सर्लक्क परेका साझका रुख, टिकुलिका रुख, हर्रोका रुख अनि बांगाटिंगा अजंगका सालका रुखहरु थिए ।