SHARE
बुटवल टुडे · शनिबार २२ कात्िक २०८२ ०२:२६ AM · 1 मिनेट पढाइ

देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय

सल्यान, २२ कार्तिक । सल्यानमा युवाहरूको समूहले तिहारमा देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट यात्रु प्रतीक्षालय निर्माण गरेको छ ।  जिल्लाको त्रिवेणी गाउँपालिका, ३ स्थित सितलबजार भैली समूहले यस वर्ष देउसी भैलो खेलेर सङ्कलन भएको रकम सामाजिक कार्यमा लगाएको हो ।