SHARE
बुटवल टुडे · शनिबार २२ कात्िक २०८२ ०३:१९ AM · 1 मिनेट पढाइ

महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री

बुटवल, २२ कार्तिक । पाल्पा तिनाउ गाउँपालिका–१, आर्खोट्डीकी सुसिला सुनारी सबेरै उठ्छिन् । घरको कामको माजो सक्छिन् । परिवारसँगै खाना खान्छिन् । अनि लाग्छिन् आर्खोट्डी मगर भेजा समाजको भवनमा । जहाँ उनी हस्तकलाका सामग्री उत्पादन गर्छिन् । चार वर्ष अघि लिएको तालिम उनलाई अहिले धेरै उपयोगी भएको छ । थाकलको पातबाट विभिन्न सामग्री उत्पादनमा उनी दिदीबहिनीसँग दिन बिताउँछिन् ।