SHARE
बुटवल टुडे · शनिबार २२ कात्िक २०८२ ०३:४९ AM · 1 मिनेट पढाइ

१० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल

नवलपरासी, २२ कार्तिक । गत वर्ष जिल्लाको सुनवल नगरपालिकाका खोलाजन्य निकासीका लागि ठेक्का गर्न नसक्दा करोडौँ राजस्व गुमाउन परेको अवस्थालाई मध्यनजर राख्दै नगरपालिकाले पहल थालेको छ । डिभिजन बन कार्यालयसँग केही असमझदारीका कारण खोला निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण सामग्रीको अभाव देखि नगरपालिकाको राजस्व समेत गुम्दा अहिले खोला निकासी लागि नगरपालिकाले पहल थालेको हो ।