SHARE
बुटवल टुडे · शनिबार २२ कात्िक २०८२ ११:०० AM · 1 मिनेट पढाइ

खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि

बुटवल, २२ कार्तिक । रुपन्देहीको सैनामैनामा सम्पन्न द बुद्ध फुटसल कप एक दिने खुला फुटसल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लब, बुटवलले चुमेको छ । सैनामैना–३ मुर्गियास्थित कृपा फुटसल एण्ड फिटनेसमा भएको फाइनलमा सह–आयोजक शान्तिदिप युवा क्लब, मुर्गियालाई ५–३ गोल अन्तरले पराजित गर्दै खस्यौली च्याम्पियन बनेको हो ।