औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रप्रति आफ्नो पूर्ण समर्थन व्यक्त गरेकी छिन्। उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले औद्योगिक-व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य भएको समेत बताइन्। ‘यो आन्दोलनमा केही उच्छृंखल समूहहरूले राज्यबिहिनताको फाइदा उठाउँदै औद्योगिक-व्यापारिक क्षेत्रमा गरेको आक्रमण हामीलाई अस्वीकार्य छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
