SHARE
बुटवल टुडे · शनिबार २२ कात्िक २०८२ ०१:३८ PM · 1 मिनेट पढाइ

जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ ,२२ कात्तिक । दाङमा जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–४ अजगढवाका शवकुमार यादवका १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए ।