SHARE
बुटवल टुडे · शनिबार २२ कात्िक २०८२ ०२:२६ PM · 1 मिनेट पढाइ

रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन-वेमा विद्युतीय अवरोधका कारण आन्तरिक तथा वाह्य उडान अस्तव्यस्त भएको छ । यो समस्या झण्डै २ घण्टादेखि निम्तिएको हो । विमानस्थल सुरक्षा स्रोतका अनुसार रनवेको फ्याल्स लाइट बिग्रिँदा विमानस्थल बन्द भएको छ । जसले उडान र अवतरण दुवै प्रभावित बनेको हो ।