SHARE
बुटवल टुडे · शनिबार २२ कात्िक २०८२ ०३:०७ PM · 1 मिनेट पढाइ

रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बुटवल, २२ कार्तिक । नेपाल नियमित रक्तदाता संघले संस्थागत विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रक्तदाताहरूलाई संगठित बनाउने तथा समुदायमा रगतको महत्त्वबारे जनचेतना फैलाउँदै आएको संघले संगठन सुदृढीकरण र सदस्यहरूको नेतृत्व तथा कार्यक्षमता बढाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको हो ।