SHARE
बुटवल टुडे · शनिबार १५ कात्िक २०८२ १२:५८ PM · 1 मिनेट पढाइ

भैरहवामा श्री एयरलाइन्स जहाजको आपतकालीन अवतरण

बुटवल, १५ कार्तिक । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । दुई बालबालिका सहित ८२ जना यात्रु लिएर उडेको उक्त जहाजमा ल्याण्डिङ गियरमा समस्या देखिएपछि बिहान ११ः४५ बजे अवतरण गरिएको हो ।