SHARE
बुटवल टुडे · शनिबार १५ कात्िक २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

बाणगंगामा दिनदहाडै महिलाको सुनको सिक्री लुटियो

जितपुर, १५ कार्तिक । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–६ लक्ष्मणघाट चोकमा दिनदहाडै एक महिलाको सुनको सिक्री लुटिएको छ । चिया–नास्ता र किराना पसल सञ्चालन गर्दै आएकी ६५ वर्षीया भीमाकुमारी खनालमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले लुटपाट गरेका हुन् ।