SHARE
बुटवल टुडे · शनिबार १५ कात्िक २०८२ ०४:१६ PM · 1 मिनेट पढाइ

नियमित रक्तदानमा ३७ युनिट रगत संकलन

बुटवल, १५ कार्तिक । नेपाल नियमित रक्तदाता संघको नियमित रक्तदान कार्यक्रम अन्तरगत शनिबार रक्तदान सम्पन्न भएको छ । बुटवलस्थित नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार सेवा केन्द्रमा सम्पन्न कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको नेपाल नियमित रक्तदाता संघका महासचिव तथा संयोजक  दिपक अधिकारीले बताए ।