SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ १२:४२ AM · 1 मिनेट पढाइ

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायम, आज यी ३ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीको स्थिति छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ ।