दाउन्ने खण्डमा सवारी साधनको जाम
बुटवल, १६ कार्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको लामो जाम भएपछि यात्रुहरू समस्यामा परेका छन् । निरन्तरको वर्षाका कारण सडक चिप्लो बनेको र केही सवारी साधन बिग्रिएर बाटोमै रोकिँदा यातायात अवरुद्ध भएको हो । अरुणखोला र चोरमाराको जंगल क्षेत्रसम्म सयौँ सवारी साधन रोकिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
