SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०३:२२ AM · 1 मिनेट पढाइ

नागढुङ्गा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

काठमान्डौ, १६ कार्तिक । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरिएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियामार्फत अनुभवी र सक्षम सेवा प्रदायक छनोट गर्न टेन्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम मिति आगामी पुस २ (डिसेम्बर १७, २०२५) तोकिएको छ ।