कांग्रेस केन्द्रीय समिति बैठक आज
काठमान्डौ, १६ कार्तिक । गत शुक्रबार स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेसमा उत्पन्न महाधिवेशनसम्बन्धी विवाद समाधानका प्रयास असफल भएपछि शुक्रबारको बैठक स्थगित गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
