SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०३:५७ AM · 1 मिनेट पढाइ

कुलमानले गरे बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन

काठमान्डौ, १६ कार्तिक । सहरी विकास मन्त्री कुलमान घिसिङले आज बन्चरेडाँडा ल्यान्डफिल साइटको स्थलगत अनुगमन गरेका छन् । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएको समस्या समाधानका उपाय खोज्ने उद्देश्यले मन्त्री घिसिङ बन्चरेडाँडा पुगेका हुन् । यसअघि स्थानीयवासीहरूले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर फाल्न अवरोध गरेपछि उपत्यकाको फोहर संकलन र व्यवस्थापन ठप्प भएको थियो ।