SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०४:३९ AM · 1 मिनेट पढाइ

एकै दिन २३ जनामा स्क्रब टाइफस पुष्टि

सल्यान, १६ कार्तिक । उच्च ज्वरोका कारण पालिकाभित्रका चार जनाको मृत्यु भएपछि सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा २३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । शनिवार वडा नम्बर ३ मा सञ्चालन भएको निःशुल्क शिविरमा महिला १४६ जना र पुरुष १०१ गरी जम्मा २४७ जनाले स्वास्थ्य सेवा लिएका थिए ।