SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०४:५९ AM · 1 मिनेट पढाइ

एमालेले तोक्यो महाधिवेशन प्रतिनिधि शुल्क

काठमान्डौ, १६ कार्तिक । नेकपा एमालेले आउँदो ११औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि शुल्क र प्रतिनिधि चयन प्रक्रिया सार्वजनिक गरेको छ । महासचिव शंकर पोखरेलका अनुसार, महाधिवेशनमा करिब २१ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । आयोजक प्रतिनिधिका लागि शुल्क तीन हजार र निर्वाचित प्रतिनिधिका लागि दुई हजार रूपैयाँ तोकिएको छ ।