SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०५:१२ AM · 1 मिनेट पढाइ

विष्णु रिजालको स्टाटस : बालेनलाई गिरफ्तार नगरे देशमा अराजकता बढ्छ

काठमान्डौ, १६ कार्तिक । काठमान्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र ९बालेन० शाहले शनिबार मध्यराति फेसबुकमा पोस्ट गरेका सामग्रीले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । राति करिब १२ बजे पोस्ट गरिएको उक्त सामग्रीलाई समर्थकहरूले चर्को आलोचना गरेपछि बालेनले पोस्ट हटाइसकेका छन् । तर पोस्टको स्क्रिनशट अहिले पनि सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ ।