SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०८:०८ AM · 1 मिनेट पढाइ

ड्राइभिङ लाइसेन्स छपाइ भोलिदेखि

काठमान्डौ, १६ कार्तिक । सुरक्षण मुद्रण केन्द्रले आगामी सोमबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)  छपाइ पुनः सुरु गर्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार सुरुवाती चरणमा दैनिक कम्तीमा ५०० लाइसेन्स छापिनेछ । विभागका निर्देशक नरहरि तिवारीका अनुसार सुरक्षण मुद्रण केन्द्रले बनेपामा लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गर्नेछ, जसपछि विभागले चालकहरूलाई वितरण गर्नेछ ।