SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०८:४४ AM · 1 मिनेट पढाइ

सिमेन्ट उद्योगमा विद्युतको लाइन काटिएपछि मजदुर आन्दोलनमा 

दाङ ,१६ कात्तिक । विद्युत् लाइन काटिएपछि बन्द भएका घोराही र सोनापुर सिमेन्ट उद्योगका मजदुरले आज आइतबार नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रमा धर्ना दिएका छन् । ’मजदुरको रोजगारी ग्यारेन्टी गर, बन्द उद्योग खुला गर’ मजदुर मार्न पाइँदैन  भन्ने नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका छन् ।