SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०९:४९ AM · 1 मिनेट पढाइ

हर्क साम्पाङले लिए निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र

 काठमाडौं, १६ कात्तिक । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ । पार्टीका अध्यक्ष साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गरेका हुन् । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ । पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी रहेका छन् ।