SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ १०:४० AM · 1 मिनेट पढाइ

सेयर बजारमा ९ अर्बको कारोबार, ६ कम्पनीका सेयर १० प्रतिशतले बढे

 काठमाडौं, १६ कात्तिक । आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंकले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार नेप्से ३४ अंकले बढेको थियो, र आइतबार पनि सकारात्मक प्रदर्शन कायम रह्यो । वित्तीय प्रणालीमा घट्दो ब्याजदर र अधिक तरलताले धितोपत्र बजारमा लगानी वृद्धि भएको देखिएको छ ।