SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ १०:५९ AM · 1 मिनेट पढाइ

शिक्षामन्त्री पुन फर्किए सिंहदरबार: कार्यालय र निवास एउटै ठाउँमै

 काठमाडौं, १६ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नियमित कामकाज सिंहदरबारबाट सुरु गरेका छन् । मन्त्रालयका उपसचिव मधुप्रसाद घिमिरेले नेपालखबरलाई जानकारी दिनुभयो कि मन्त्री पुनले आइतबारदेखि सिंहदरबारबाटै कामकाज सुरु गर्नुभएको हो । भदौ २४ गतेको जेनजी आन्दोलनपछि सिंहदरबारस्थित शिक्षा मन्त्रालय ध्वस्त भएको थियो ।