SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

प्रचण्ड–माधवहरूको चुनाव चिन्ह ‘तारा’ रहने

 काठमाडौं, १६ कात्तिक । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न आठ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनीहरूले पार्टीको चुनाव चिन्ह ‘तारा’ रहने उल्लेख विज्ञप्तिमार्फत जनाएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।