SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ ०३:५७ AM · 1 मिनेट पढाइ

गढवामा झन्डै १ करोडको अनियमितता उजागर : तत्कालीन प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्दा

लमही ,१६ कार्तिक । दाङको गढवा गाउँपालिकामा ठेकेदार र स्थानीय निकायका उच्च अधिकारीको मिलेमतोमा झन्डै एक करोड रुपैयाँ बराबरको राजस्व हिनामिना भएको ठहरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।